फाल्गुन १७, २०७२- गणतन्त्र नेपालको राष्ट्रगान ‘सयौं थुँगा फूलका हामी’ का संगीतकार अम्बर गुरुङ गम्भीर स्वास्थ्य उपचार क्रममा भारतको मेदान्त अस्पतालमा भर्ना भएको महिना दिन बितिसक्दा पनि राज्य तहबाट चासो नराखिएको खबर बाहिर आएको छ । राज्य तहका जिम्मेवार पदाधिकारीले गुरुङको उपचारमा आवश्यक सहयोग गर्ने भनेर मुखमीठो बोली बाहिर सुनाए पनि स्थिति भने निकै भिन्न छ ।
खाद्यनलीमा पलाएको ट्युमर तथा पार्किङ्सन रोगका कारण निकै महँगो तथा संवेदनशील उपचार पद्धतिमा जोडिएका राष्ट्रका निधि गुरुङले सिर्जेको राष्ट्रगान धुनप्रति सिंगो देश र देशवासी नतमस्तक भइरहेका बेला एउटा सर्जक भने गुमनाम स्थितिमा अस्पतालको बेडमा उपचाररत रहेको खबर जति ह्दयस्पर्शी छ, सिंगो राज्यपद्धतिका निम्ति यो खबर उत्तिकै शर्मनाक पनि छ । यतिसम्म कि दिल्लीमा रहेको नेपाली दूतावासका अधिकारीसमेत नजिकै हरियाणा राज्यको अस्पतालमा उपचाररत राष्ट्रका निधि अम्बरको स्वास्थ्य स्थिति बुझ्नका लागि समेत जान भ्याएका छैनन् । किनभने स्पष्ट छ— अम्बर एक संगीतज्ञ हुन्, कुनै राजनीतिक प्रभाव र पहुँच राख्ने व्यक्ति होइनन् ।
नेपालको आधुनिक संगीतका अगुवा पथप्रदर्शक अम्बर गुरुङलाई लिएर गरिने कटु आलोचनाका पछाडि एउटै तर्क रहने गरेको छ– उनी राजा महेन्द्रले दार्जिलिङ (भारत) बाट नेपाल ल्याइएका कलाकार हुन् । विडम्बना यो छ कि गुरुङको सिर्जनशक्ति र कलाकर्म हेरेर राजाले घर फर्कन आह्वान मात्रै गरेका हुन्, तर राजभक्ति वा शक्तिलिप्साको कुनै अन्यथा मोह नराखी अम्बरले सधैं संगीत–सिर्जनामै आफूलाई डुबाइरहे । अम्बरले राज्यसँग न घर मागे, न सम्पत्ति मागे ।
अम्बर अझैसम्म पनि काठमाडौंमा डेराकै बासमा छन् । विशेषत: गणतन्त्र नेपालको स्थापनापछि राज्य तहबाट गठन गरिएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको संस्थापक कुलपति बनाएर राज्यले अम्बरको सांगीतिक योगदानको कदर पनि गरेको थियो । तर, राज्यले पहिचान गर्ने स्रष्टा र सर्जक अथवा राज्य संरचनामा अहम् भूमिका निभाउने पात्र/प्रतिनिधिको हेरदेख गर्ने र आइपर्दा उपचार खर्च बेहोर्नेसम्मको परिपाटी भने अझै संस्थागत हुन सकेको छैन ।
त्यसमाथि राजनीतिक शक्ति र सत्तामा कोही छ भने प्रभाव र पहुँचका भरमा चाहेजति उपचार खर्च लिने गरेको दृष्टान्त सामुमै छ । तर, अम्बरजस्ता सर्जकका लागि राज्यपद्धतिमा पनि नियमसंगत रूपमा बोलिदिने कोही छैन, बोलिए पनि उपचार खर्चका नाममा केही राहत रकम दिने अवस्था यथावत छँदै छ । नेपाली आधुनिक संगीतका प्रखर शिल्पी गुरुङ नेपाली सेनाका मानार्थ महारथीसमेत हुन्, उनले सिर्जेको अर्को लोकप्रिय धुन ‘रातो र चन्द्र सूर्य’ नेपाली सेनाको ‘लोगो’ गानसमेत रहिआएको छ ।
दिल्ली भ्रमणका क्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीदेखि अर्थमन्त्री विष्णु पौडेलसम्मले गुरुङको परिवारलाई फोन गरेर उपचार खर्च एवं अन्य समन्वयकारी सहयोगमा सक्दो साथ दिने बताएका थिए । गत साताको दिल्ली भ्रमण क्रममा अम्बरको स्वास्थ्य स्थितिबारे प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भइसकेको छ । तर, कुनै पद्धति वा प्रक्रियाले काम हुन संस्कारभन्दा नेपाली शासकीय स्वरूपमा अझै पनि प्रभाव र पहुँचले मात्रै केही काम हुन सक्ने स्थिति यथावत छँदै छ ।
अहिलेसम्म आफ्नै पारिवारिक स्रोतबाट जेनतेन सम्भव भइरहेको अम्बरको उपचार गर्ने निर्णय गराउनमा सिंगो राज्यपद्धतिले पनि त्यस्तै प्रभाव र पहुँच चाहिरहेको स्पष्ट भएको छ, अन्यथा राष्ट्रका निधि भनेर पहिचान तथा सम्मान दिइएको एउटा सर्जकका निम्ति आवश्यक पर्ने उपचार खर्च दिलाउनमा यत्तिको ढिलाइ गरिरहनुको कुनै तात्पर्य छैन ।
संगीतज्ञ अम्बर गुरुङका देश–विदेशमा गरेर सहस्र फ्यान–फलोवर र शिष्य छन् । अम्बरले चाहना गरे यी शुभेच्छुकले पनि उनको उपचारमा सहयोग संकलन गर्न सक्नेछन् । तर, अम्बरको स्वाभिमानले यसो गर्न दिएको छैन । सिंगो राज्यले सम्मान गरेको व्यक्तिका निम्ति खर्च संकलन गरेर उपचार खर्च बेहोर्ने अवस्था र परिपाटी राज्य आफैंका लागि समेत लाजमर्दो हुन सक्छ ।
यसकारण पनि अम्बर गुरुङको सांगीतिक युगलाई बुझ्न सक्ने अग्रज स्रष्टाहरूले उनको जीवनरक्षामा सिंगो राज्यसँग सहयोग/समन्वय तथा पहुँचको हात बढाउनु जरुरी छ । यो स्थिति आउनुअघि राज्य स्वयंले सिंगो राष्ट्रका निधि अम्बरको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय बाहिर ल्याउन सकोस् ।
About Me
Popular Posts
-
Universities in Japan If you fancy studying in Japan, the homeland of the bullet train, Nintendo Wii, instant noodles in a pot and of course...
-
Nepali feature film, Megha, has been selected for the upcoming London Asian Film Festival, which is scheduled to be held in London, UK, from...
-
भिडियो सहित हेर्नुहोस ! ! ! Advertisement Studying in Australia, you will need sufficient funds to cover your li...
-
भिडियो सहित हेर्नुहोस ! ! ! Advertisement Getting a property proprietor individual credit is basic with onl...
-
भिडियो सहित हेर्नुहोस ! ! ! Advertisement Iternational students who want to study engineering in th...
-
भिडियो सहित हेर्नुहोस ! ! ! Advertisement Studying in Australia, you will need sufficient funds to cover your li...
-
An incident that was reported of an alleged rape which caused wide spread outrage, a teenage girl who was allegedly raped and set on fire in...
-
भिडियो सहित हेर्नुहोस ! ! ! Advertisement Two have d!ed while nine on get onto the plane have maintained !njuries, A...
-
nternational students who want to study engineering in the US will find that many opportunities exist. Engineering is a growing fie...
Video of the day
About Me
Powered by Blogger.
No comments:
Post a Comment